अर्णवले सुशान्त सिंह केसमा केही नबोलेर भाग्न खोज्यो भनेपछि सलमानले भने- ‘कोही कराएर केही हुदैँन’



अर्णव गोस्वामी निकै आलोचनामा आइरहने भारतीय समाचार संवाददाता हुन् । उनले केहीसमय अघि नेपाल भारत सिमाना विवाद हुदाँ नेपाल र नेपालीलाई तथानाम गाली गरेका थिए । नेपालमा मात्र नभएर भारतमा पनि उनको धेरै विरोधीहरु छन् ।

अरु त के कुरा गर्नु बलिउडकै चर्चित स्टारहरुसँग पनि उनको राम्रो सम्बन्ध छैन । केहीसमय अघिमात्रै उनले सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा केहीपनि नबोलेर पन्छन खोजेको भन्दै सलमान खानलाई विवादमा ल्याउन खोजेका थिए ।

हालै सलमानले बिगबोस १४ मा घुमाउरो पाराले अर्णवलाई गतिलो जवाफ दिएका छन् । केहीदिन देखि अर्णवलाई आफ्नो च्यानललाई नम्बर १ बनाउन टिआरपी किन्ने गरेको आरोप लागिरहेको छ । यसैलाई आधार बनाएर सलमानले उनलाई जवाफ दिएका छन् ।

उनले बिगबोस १४ मञ्चबाट भने, ‘हाम्रो चलचित्र कसले हेर्छ, जनताले । यसको अर्थ हामी सबैलाई टीआरपी चाहिएको छ । तर, यसको मतलब यो होइन कि तपाई जे पनि गर्नुहोस् । तपाइलाई इमान्दार भएर काम गर्न आवश्यक छ । झुटो खबर कराएर बोल्दैमा केही हुनेवाला छैन । यही कारणले गर्दा तपाइलाई दर्शकले लामो समयसम्म हेर्दैनन् । जे मलाई भन्नु थियो मैले घुमाउरो शैलीमा भनेको छु ।’  

प्रतिक्रिया दिनुहोस्