मुम्बईमा ग्रिड फेल, सोसल मिडियाम भाइरल भए रोचक मीम्स



एजेन्सि । मुम्बई महानगरीय क्षेत्रमा ग्रिड फेल हुँदा भारतमा सबैतिर कोकोहोलो मच्चिएको छ । त्यहाँका सर्वसाधारणदेखि सेलिब्रिटीसम्म यसमाथि प्रतिक्रिया जनाइरहेका छन् । सोसल मिडियामा मुम्बई ग्रिड फेल भएको विषयलाई मजाक बनाइँदैछ । थुप्रै रोचक मीम्स भाइरल भइरहेका छन् ।

एक प्रयोगकर्ताले तारक मेहताका उल्टा चस्माको मीम सेयर गरेका छन् । यस्तै अर्काले बिजुलीको खम्बामा चढेका जोनी लिभरको फोटो सेयर गरेका छन् ।

एक प्रयोगकर्ताले ये जवानी हे दिवानी फिल्मबाट दीपिका पादुकोणको तस्बिर सेयर गरेका छन् । फोटोमा बत्ती जाँदा अनलाइन लेक्चरमा सहभागी हुनुपर्ने विद्यार्थीहरुको खुसी देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस्