‘दोस्रो सिजन भएकाले केही फरक गर्न खोजिएको हो, समाचारमा आए जस्तो कसैलाई शो बाट निकालिएको होइन’ : जितु नेपाल



मुन्द्रेको कमेडी क्लब दर्शकले सर्वाधिक रुचाएको शो हो । यस शोलाई टिभीमा भन्दा युट्युब दर्शकको साथ राम्रो मिलेको गरेको छ । लकडाउनका कारण मुन्द्रेको कमेडी क्लबको प्रशारण विगत ६ महिनादेखि रोकिएको थियो ।

अहिले सावधानी अपनाएर, सरकारले दिएको निर्देशनलाई पालना गर्दै जितु नेपालले मुन्द्रेको कमेडी क्लबको दोस्रो सिजन दर्शकमाझ ल्याउने तयारी गरिरहेका छन् । मुन्द्रेको कमेडी क्लब सिजन २ को चार एपिसोडहरुको छायांकन भैसकेका छन् ।

यसपटक शो को अध्यक्षको रुपमा दिपाश्री निरौला नभएर करिश्मा मानन्धर रहनेछिन् । लकडाउनको बिचमा दिपा नराम्रोसँग विवादमा तानिएकी थिइन् । जसका कारण दिपालाई हटाइएको खबरहरु बाहिर आइरहेका छन् ।

तर यसमा कत्तिपनि सत्यता नभएको जितुले बताएका छन् । उनले दिपासँग फेरि सहकार्य नै नगर्ने भन्ने कुरै नभएको बताएका छन् । नयाँ सिजन भएकाले केही फरक मात्र गर्न खोजिएको तर समाचार आए झैँ केहीपनि नभएको उनको भनाई छ । तर विवादमा तानिएपछि दिपाको स्टारडम भने केही खच्किएको महशुस गर्न सकिन्छ ।   

प्रतिक्रिया दिनुहोस्