‘दिपिका कहिलेकाहिँ डराउँछिन्, सोधपुछमा मलाई उनीसँगै बस्न दिइयोस्’ भन्दै रणवीरले एनसिबीलाई पठाए निवेदन



बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा नायिका दिपिका पादुकोणको नाम मुछिएपछि यतिबेला उनी तनावमा परेकी छिन् । दिपिकाले ड्रग्ससँग सम्बन्धित कुरा गरेको पुष्टि भएपछि एनसिबीले उनीसँग पनि सोधपुछ गर्ने बताएको छ ।

दिपिकासँग एनसिबीले शनिबार अर्थात भोलि सोधपुछ गर्नेछ । अदालतमा उपस्थित हुनको लागि दिपिका हिजोमात्र गोवाबाट श्रीमान रणवीर सिंहसँग मुम्बई आएकी छिन् ।

स्रोतका अनुसार राणवीरले एनसीबीसँग निवेदन दिएका छन् । उनले निवेदनमा सोधपुछको क्रममा आफू पनि दीपिकासँगै बस्न चाहेको बताएका छन् । उनकी श्रीमतीलाई कहिलेकाँही डर लाग्ने भएकोले उनलाई सँगै बस्न अनुमति दिइयोस् भनेर निवेदन दिइएको छ ।

रणवीरको अपिललाई लिएर कुनैपनि निर्णय भैसकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्