रुकुम सोती घटनामा राजनीतिक नगर्न युवा नेताको चेतावनी



काठमाडौं । रुकुम पश्चिम चौरजहारीको सोति घटनामा जाजरकोटका नवराज विकसहित ६ जनाको सामूहिक हत्यामा संलग्नलाई कारबाही गर्नुपर्ने युवा नेता तथा समाज सेवी तिर्थ सुनारले बताएका छन् ।

बिहीबार उच्च अदालत सुर्खेतमा गरिएको खबरदारी कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त घटना राजनीतिक करण नगरि न्यायोचित ढंगले टुंग्याउनु पर्ने बताए ।

जेठ १० गते अन्तरजातीय विवाह गर्न रुकुम पश्चिमको चौरजहारीस्थित सोतिमा रहेका आफ्नी प्रेमिकालाई लिन जाँदा नवराज विकसहित ६ जनाको मृत्यु भएको थियो । मृतक परिवार र दलित अधिकारकर्मीहरुले मृत्यु नभइ हत्या भएको दाबी गर्दै आएका छन् ।

पीडकलाई कुनै पनि बहानामा छुटकारा दिन नहुने भन्दै सुनारले भने, ‘न्यायको देशमा न्याय नमरोस् । पीडितलाई क्षतिपूर्ति र पीडकलाई दण्ड सजाय होस् ।’  सोति घटनामा संलग्नलाई राजनीतिकरण गर्न नहुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्