रिया ड्रग्स केस : एनसीबीको फन्दामा परे यी जोडी, घरमा भेटियो लागूऔषध



रिया ड्रग्सको मुद्धामा पक्राउ परेपछि  नारोकोटिक्स ब्युरोले पक्राउ परेकाहरुको बयानको आधारमा अन्य बलिउड सेलिब्रेटीहरुको घरमा छानबिन गरिरहेको छ । दिपिक पादुकोण, साराअली खान, श्रद्धा कपुर, रकुल प्रित लगायतका नायिकाहरु यस मुद्धामा फसिसकेका छन् ।

यसैबिच यस केसमा अर्की नायिका पनि फसेकी छिन् । टेलिभिजनकी चर्चित नायिका अबिगेल पाण्डेको घरमा छानबिन गर्दा लागूऔषध भेटिएको छ । अबिगेल लामो समयदेखि उनका ब्वाइफ्रेण्ड सनमसँग बस्दै आएकी छिन् ।

यी दुईले घरमा गाँजा पिउने गरेको पुष्टि भएको छ । छानबिन गर्दा गाँजा भेटिएपछि अब यी दुईलाई पनि बयान दिनको लागि अर्को हप्ता अदालतमा बोेलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्