रियाले दिइन् उच्च अदालतमा जमानतको लागि निवेदन, छुट्लिन त रिया ?



स्वर्गीय अभिनेता सुशान्त सिंह राजपुतलाई लागुऔषध दिने गरेको पुष्टि भएपछि सुशान्तकी पूर्व प्रेमिका तथा नायिका रिया चक्रवर्तीलाई प्रहरीले १४ दिन अघि पक्राउ गरेको थियो ।

यस्तै हालैमात्र रिया चक्रवर्तीले बम्बे उच्च अदालतमा जमानको निवेदन दिएकी छिन् । यसअघि रियाको निवेदन तल्लो अदालतबाट दुई पटक खारेज भइसकेको छ ।

नारकोटिक्स कन्ट्रोल ब्यूरोले रियालाई दुई दिनको सोधपुछपछि गत सेप्टेम्बर ८ मा पक्राउ गरेको थियो । त्यसको भोलिपल्ट उनलाई भायखला जेलमा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्