कगंनाको गुनासो- ‘बाहिरबाट आएका अभिनेत्रीलाई यस क्षेत्रमा यौन शोषण धेरै गरिन्छ, जुन ममाथि पनि भएको छ’



मनमा लागेका कुरा सामाजिक सञ्जालमा नडराइ भन्ने अभिनेत्री हुन् कगंना रनावत । जसका कारण बलिउडमा धेरैजनासँग उनको सम्बन्ध राम्रो छैन । कगंना सत्यसँग कहिल्यै डराउँदिनन् । त्यसैकारण बेला बेलामा विवादमा समेत आउने गरेकी छिन् कगंना ।

हालैमात्र पनि कगंना उर्मिला मातोण्डरलाई दिएको प्रतिक्रियाका कारण विवादमा तानिइन् । नायिका पायल घोषले निर्देशक अनुराग कश्यपलाई यौन शोषणको आरोप लगाएपछि कगंना पायलको समर्थनमा उत्रिएकी छिन् ।

उनले बलिउडमा बाहिर बाट आएकाहरुलाई यौनकर्मी जस्तो व्यवहार गरिने स्पष्ट पारेकी छिन् । कगंनाले यी कुराहरु आफैले पनि महशुस गरेको बताएकी छिन् ।

उनले भनेकी छिन्, ‘अनुरागले विवाह पछि पनि आफू सन्तुष्ट नभएको विभिन्न मानिसहरुलाई बताएको स्वीकार गरेका छन् । पायलमाथि जस्तो व्यवहार भयो उक्त व्यवहार बलिउडमा सामान्य हो । बाहिरबाट आएर संघर्षरत हरेक अभिनेत्रीलाई यहाँ यौनकर्मीलाई जस्तो व्यवहार गरिन्छ ।’

प्रतिक्रिया दिनुहोस्