पहिलो पटक पर्दामा एकसाथ देखिदैँ पल र साम्राज्ञी, कत्तिको जम्ला त जोडी ?



पल शाह र साम्राज्ञी राज्यलक्ष्मी शाह अहिलेका चल्तीका कलाकार हुन् । यी दुईको डिमाण्ड बजारमा हाइ छ । पल र साम्राज्ञीले अहिलेसम्म स्क्रिन सेयर गरेका छैनन् । तर अबभने पहिलो पटक पल र साम्राज्ञीको जोडीलाई दर्शकले पर्दामा देख्न पाउने भएका छन् ।

लामो समयदेखि सञ्चार क्षेत्रमा सक्रिय रहेका निर्माता रमेश एम के पौडेल अब निर्देशक बन्ने भएका छन् । हाल उनी अमेरिकामा छन् । तर उनले आफूले पहिलो पटक निर्देशन गर्न लागेको चलचित्रको लागि २ मुख्य कलाकार भने फाइनल गरिसकेका छन् ।

चलचित्रमा पल र साम्राज्ञी मुख्य भूमिकामा देखिने भएका छन् । पल र साम्राज्ञी दुवैजना एकअर्कासँग काम गर्नको लागि निकै उत्साहित रहेका छन् । चलचित्रमा सन्दिप क्षेत्री पनि पक्का भएका छन् । चलचित्रको अधिकांश छायांकन अमेरिकामा गर्ने बताइएको छ । चलचित्र दशैँ र तिहारको बिचमा फ्लोरमा जाने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्