चन्द्रगढी विमानस्थलबाट उडान शुरु



झापा । पूर्वी नेपालको चन्द्रगढी विमानस्थलबाट यति एयर र बुद्ध एयरका दुई जहाजले आज ६ महिनापछि भद्रपुर–काठमाडौँ उडान भरेका छन् । विमानस्थलका प्रमुख मुरारी पौडेलले आज १२ बजेतिर बुद्ध एयरले ६५ जना र १२ः४५ बजे यति एयरले ६८ जना यात्रु बोकेर चन्द्रगढी विमानस्थलबाट काठमाडौँका लागि प्रस्थान गरेको जानकारी दिए ।

कोभिड–१९ का कारण गत चैत ११ गतेदेखि सरकारले लागू गरेको बन्दाबन्दीयता मुलुकभरका विमानस्थल बन्द छन् । चन्द्रगढी विमानस्थलबाट चार्टर उडानसमेत भएको थिएन । यात्रु सुरक्षाका लागि विमानस्थलमा सामाजिक दूरी कायम गर्ने, स्यानिटाइजर गर्ने र लामबद्ध हुने व्यवस्था मिलाइएको हुँदा खासै भीडभाड नभएको विमानस्थल प्रमुख पौडेलले बताए ।

६ महिनापछि विमानस्थलबाट उडान सञ्चालन हुँदा यात्रुमा खुशी छाएको अनिमेष ट्राभल्सका प्रबन्ध निर्देशक गोपाल खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्