रिया ड्रग केस : श्रद्धा, सारा र रकुललाई पनि अदालतले सोधपुछ गर्ने



सुशान्त सिंह राजपुतलाई ड्रग दिएको पुष्टि भएपछि रिया चक्रवर्तीलाई गिरफ्तार गरियो । रिया गिरफ्तार भएसँगै यो केस झन उल्झिरहेको छ । रियाले आफू पक्राउ परेपछि केही नायिकाहरुको नाम लिएकी छिन् ।

भारतीय मिडिया अनुसार रियाले साराअली खान, रकुल प्रित, सिमोट खम्बाटा र श्रद्धा कपुरको नाम लिएकी छिन् । अब नारकोटिक्स कन्ट्रोल ब्युरोले यी नायिकाहरुलाई नोटिस पठाउने भएको छ ।

यी नायिकाहरुलाई पनि ड्रग लिएकोबारे सोधपुछ गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्