‘यहाँ संघर्षरत केटीलाई यौन श्रमिक जस्तो व्यवहार गरिन्छ’ : कगंना रनावत



यतिबेला पायल घोष र अनुराग कश्यपको विवादले पुरा बलिउड तात्तिएको छ । पायलले अनुरागलाई यौन शोषणको आरोप लगाएपछि यो कुराले बजार पिटेको हो । यसैबिच केहीले अनुरागको समर्थनमा बोलिरहेका छन् भने केहीले पायललाई साथ दिएका छन् ।

यसैबिच नायिका कगंना रनावतले भने पायलको समर्थनमा बोलेकी छिन् । उनले ट्वीटरमा लेखेकी छिन्, ‘अनुरागले आफै स्वीकार गरेका छन् कि विभिन्न मान्छेसँग विवाह गरेपछि पनि कहिलै एक जनासँग रहेनन् । अनुरागले पायलको साथ जे गरे त्यो बलिउडमा सामान्य कुरा हो । संघर्षरत बाहिरी केटीहरुलाई यौन श्रमिक जस्तै व्यवहार गरिन्छ ।’

उनले आफुलाई मीटु अभियानको आवश्यक नपर्ने दाबी गर्दै लेखेकी छन्, ‘बलिउडमा यौन शिकारीहरु धेरै छन् । जो नक्कली विवाह र डमी विवाह गर्छन् । एक नयाँ हट केटीले उनीहरुलाई दिनहुँ खुशी बनाउने आशा राख्छन् । मैले आफ्नो भविष्य आफ्नो तरिकाले बनाएको छु । मलाई हयाज ट्याग मीटुको आवश्यकता पर्दैन ।’

प्रतिक्रिया दिनुहोस्