१४ दिनमा जितिन् मलाइकाले कोरोना



बलिउड अभिनेत्री मलाइका अरोडासँगै उनका प्रेमी तथा बलिउड अभिनेता अर्जुन कपुरमा कोरोना संक्रमण पुष्टि भएको थियो । मलाइकाले हालैमात्र सामाजिक सञ्जालमा आफू कोरोनामुक्त भएको जानकारी दिएकी छिन् ।

मलाइकाले १४ दिनसम्म होम क्वारेन्टाइनमा बसेपछि कोरोना जितेको बताइन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेकी छिन्, ‘केही दिनपछि म मेरो कोठा भन्दा बाहिर छु । म भाग्यमानी रहेँ, किनकी मलाई यो भाइरसले निकै कम मात्र दुःख दियो । मलाई यो समयमा साथ र हौसला दिने सबैलाई धन्यवाद ।’

त्यसका साथै मलाइकाले सबैलाई आफ्नो घरमा सुरक्षित रहन आग्रह पनि गरेकी छिन् । उनले यस भाइरसबाट बच्नको लागि सबैले आफ्नो स्वास्थ्यको निकै ख्याल राख्न आवश्यक भएको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्