फेरि विवादमा कगंना : उर्मिलामाथि लगाइन् पोर्नस्टार भएको आरोप



कगंना रनावत बलिउडकी विवादित नायिकाको रुपमा चिनिन थालेकी छिन् । उनी एकपछि अर्को कुराले विवादमा तानिइरहेकी छिन् । उनले केहीदिन अघिमात्र सन्नी लियोनी लगायत केही अभिनेत्रीलाई पोर्नस्टारको आरोप लगाएकी थिइन् ।

अहिले उनले उर्मिला मातोण्डकरलाई पनि गम्भिर आरोप लगाएकी छिन् । केहीसमय अघि उर्मिलाले कगंनालाई भनेकी थिइन्, ‘यदि, कंगना बलिउडमा ड्रग्सको खतरालाई लिएर चिन्तित छिन् भने, उनले आफ्नो राज्य हिमाञ्चल प्रदेशबाट यसको सुरुवात किन गर्दिनन् । किनकी, भारतमा ड्रग्सको सुरुवात हिमाञ्चल प्रदेशबाट नै सुरु भएको थियो ।’

यसको जवाफ दिदैँ कगंनाले उर्मिलालाई आफूलाई उक्साउन खोजेको आरोप लगाएकी छिन् । उनले उर्मिलाले त्यसै आफूलाई आरोप लगाउन खोजेको भन्दै उनलाई सफ्ट पोर्नस्टार भएको बताइन् । कगंनाले उर्मिला कहिल्यै पनि आफ्नो अभिनयका कारण हिट नभएको समेत भन्न भ्याइन् । उनले उर्मिला सधैँ बोल्ड लुक्सका कारण मात्रै चर्चामा आएको बताएकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्