तनाव झेल्दै बलिउड : गाँजाबाट सुरु भएको लडाइँ यौन शोषणसम्म



बलिउड चलचित्र क्षेत्र यतिबेला तनावमा रहेको छ । एकपछि अर्को आश्चर्यजनक घटनाले दर्शकको मनमा बलिउड क्षेत्रलाई लिएर नकरात्मक सोचहरु उत्पन्न हुन थालिसकेका छन् । जसको प्रत्यक्ष असर बलिउडमा पर्ने प्रष्ट देखिएको छ ।

अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछि बलिउडमा यस्ता थुप्रै विवादहरु उब्जिन थालेका छन् । सुशान्तलाई लागूऔषध दिएको केसमा सुशान्तकी पूर्व प्रेमिका तथा नायिका रिया चक्रवर्ती यतिबेला जेलमा छिन् ।

यसैबिच निर्देशक अनुराग कश्यपमाथि यौन शोषणको आरोप लागेको छ । अनुराग कश्यमाथि नायिका पायल घोषले यौन शोषणको आरोप लगाएकी हुन् । यतिसम्मकी पायलले प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफ्नो गुनासो पोखेकी छिन् ।

यो कुरा संसद भवनमा समेत उठेको छ ।

प्रतिक्रिया दिनुहोस्