‘ह्याप्पी बर्थ डे’ उपासना सिंह ठकुरी !



चलचित्र क्याप्टेन बाट रजतपटमा भित्रिएकी नायिका उपासना सिंह ठकुरीले पहिलो चलचित्रबाट नै दर्शकको मन जितिन् । उनको अभियनसँगै सुन्दरताको पनि प्रशंसा भयो । क्याटेन पछि उनले कबड्डी कबड्डी कबड्डी मा काम गरिन् । त्यस चलचित्रले उनलाई थप उचाईमा पुर्याइदियो ।

२ चलचित्र सफल भएपछि भने उनले केही समयको लागि विश्राम लिएकी छिन् । उपासना पहिले आफ्नो पढाइ पुरा गर्न चाहन्छिन् । त्यसपछि मात्र पुनः यस क्षेत्रमा सक्रिय हुने सोच उनको छ ।

आज उनै उपासनाको जन्मदिन हो । उपासना आज आफ्नो २२ औँ जन्मदिन मनाइरहेकी छिन् । जन्मदिनको अवसरमा उनलाइ शुभकामना दिनेको ओइरोन  नै लागेको छ । उपासनाले जन्मदिनको अवसरमा भनिन्, यस लकडाउनमा मैले ३ वटा चलचित्रको स्क्रिप्ट पढे तर फाइनल कुनैपनि गरेकी छैन । म पहिले आफ्नो पढाइ पुरा गर्न चाहन्छु अनिमात्र चलचित्रमा फर्कन्छु ।

हाम्रो तर्फबाट पनि उपासनालाई जन्मदिनको धेरै धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्