आज सितारम कट्टेल (धुर्मस) को जन्मदिन– जन्मदिनको अवसरमा भने, ‘हरेक नेपालीलाई खुसी बनाउने सपना छ’



सिताराम कट्टेल नेपाली कलाक्षेत्रको महत्वपूर्ण नाम, जसलाई धेरै दर्शकले धुर्मुस भनेर चिन्ने गर्छन् । तर उनको नाम कलाकारको रुपमा मात्र सिमित छैन । उनी सामाजिक अभियान्ता पनि हुन् ।

२०७२ गएको विनासकारी भूकम्प पश्चात उनले कलाकारिता भन्दापनि सामाजिक कार्यलाई बढी प्राथमिकता दिएका छन् । भूकम्प गएपछि धुर्मुस सुन्तलीले धेरै दुर्गभ क्षेत्रमा भत्किएका बस्तीहरु पुनः निर्माण गरे । पछिल्लो समयमा उनीहरु अन्तराष्ट्रिय क्रिकेट रगंशाला निर्माणको काममा व्यस्त छन् ।

उनले देशप्रति दिएको योगदानको सबैले खुलेर प्रशंसा गर्ने गरेका छन् । आज उनै महान व्यक्ति सिताराम कट्टेल धुर्मुसको जन्मदिन रहेको छ । आजबाट उनी ३७ बर्षमा लागेका छन् । धुर्मुसलाई सामाजिक सञ्जालमा शुभकामना दिनेको ओइरो नै लागेको छ ।

जन्मदिनको अवसरमा धुुर्मुसले हरेक नेपालीलाई खुसी बनाउने सपना आफ्नो रहेको बताएका छन् । त्यसका साथै उनले विभिन्न माध्यमबाट आफूलाई जन्मदिनको शुभकामना दिने सम्पूर्णलाई धन्यवाद पनि दिएका छन् । हाम्रो तर्फबाट पनि धुर्मुसलाई जन्मदिनको धेरै धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्