कोरोनाका कारण समस्यामा परेका ११३ जना चलचित्रका प्राविधिकलाई राजेश हमालले गरे जनही ५ हजार सहयोग



महानायक राजेश हमालले कोरोनाका कारण समस्यामा परेका ११३ जना प्राविधिकहरुलाई नगद सहयोग गरेका छन् । स्मरण रहोस् नेपाल चलचित्र प्राविधक संघले नै राजेश हमाललाई महानायकको संज्ञा दिएको थियो ।

चलचित्र प्राविधिक संघद्धारा काठमाण्डौमा आयोजित एक कार्यक्रममा नायक राजेश हमालले ११३ जना प्राविधिकहरुलाई जनही ५ हजार रुपैयाँ प्रदान गरेका हुन् ।

राजेश हमालले जम्मा ५ लाख ६५ हजार सहयोग गरेका हुन् । हलालले चलचित्रका प्राविधिकहरु बिना चलचित्र नै नबन्ने भएकाले उनीहरु आफ्नो लागि सधैँ नै उच्च स्थानमा रहने बताए ।

प्रतिक्रिया दिनुहोस्