‘ह्याप्पी बर्थ डे’ नम्रता सापकोटा !



नम्रता सापकोटा नेपाली चलचित्र जगतमा आफ्नो पहिचान बनाउन संघर्षरत छिन् । उनले केही चलचित्रमा काम गरिसकेकी छिन् । काम गरेका चलचित्रबाट उनले तारिफ पनि राम्रै पाएकी छिन् ।

त्यसका साथै नम्रता सापकोटा म्यूजिक भिडियोहरुमा पनि निकै व्यस्त हुने गर्छिन् । म्यूजिक भिडियोबाट भने उनलाई चलचित्रमा भन्दा राम्रो सफलता मिलेको छ । आज उनै अभिनेत्री नम्रता सापकोटाको जन्मदिन रहेको छ ।

आज नम्रताको जन्मदिन परेकाले उनलाई उनका शुभचिन्तकले जन्मदिनको शुभकामना दिइरहेका छन् । हाम्रो तर्फबाट पनि नम्रतालाई जन्मदिनको धेरै धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्