सुशान्तबारे अर्को खुलासा– ‘चुरोट छोड्न र कृति सेननसँग समय बिताउन चाहन्थे’



सुशान्त सिंह राजपुतले गत जून १४ मा मुम्बईस्थित आफ्नो घरमा सुसाइड गरेका थिए । उनको आत्महत्याको मुख्य कारण पत्ता लगाउन यतिबेला सिबिआईले पुरा कोशिस गरिरहेको छ ।

सुशान्तको आत्महत्याको कारण पत्ता लाग्नुको सट्टा झन् जटिल बन्दै गइरहेको छ । किनकी सुशान्तबारे नयाँ नयाँ तथ्यहरु बहिर आइरहेका छन् । यसैबिच सिबिआइले चेक गर्दा सुशान्तले सन् २०१८ मा लेखेको एक नोट फार्म हाउसमा भेटिएको छ ।

उक्त नोटमा सुशान्तले परिवारसँग समय बिताउने चाहेको र चुरोट छोड्न चाहेको कुरा उल्लेख गरिएको मुम्बई प्रहरीले जनाएको छ । यसका साथै सुशान्तले नोटमा नायिका कृति सेननसँग समय बिताउन चाहेको कुरा पनि नोटमा उल्लेख गरेका रहेछन् । त्यसबाहेक उनको नोटमा उनको दैनिकीबारे पनि लेखिएको पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्