दिपिकाको ‘डिप्रेशन’ को विषयमा बोले रणवीर, यस्तो भएको थियो दिपिकाको हालत…



केहीसमय अघि नायिका दिपिका पादुकोण डिप्रेशनबाट गुज्रिएकी थिइन् । उनले डिप्रेशनको समय आफूलाई निकै गाह्रो भएको बताएकी थिइन् । दिपिकाले डिप्रेशनमा रहदाँ आफ्नो मनमा अनेक खालका विचारहरु आउने गरेको पनि बताएकी थिइन् ।

ऋहिले उनी स्वस्थ्य छिन् । तर उनले डिप्रेशनबाट गुज्रिरहेकाहरुलाई भने यसबाट निस्कने उपायहरु दिइरहेकी हुन्छिन् । यस्तै नेशनल जियोग्राफीको शो ‘मेगा आइकन’ को नयाँ सिजनको पहिलो एपिसोड दीपिका पादुकोणमा आधारित छ । यसको टीजर सार्वजनिक भएको छ जसमा दीपिका पादुकोण आफ्नो जीवनको यात्राको बारेमा बताइरहेकी छिन् ।

यसबारे दिपिकाका श्रीमान अर्थात बलिउड अभिनेता रणवीर सिंहले पनि केही बताएका छन् । उनले दिपिका डिप्रेशनमा रहँदा उनको हालत निकै खराब रहेको बताएका छन् । रणवीरले भने, उनी निकै भावनात्मक उथल पुथलबाट गुज्रिरहेकी थिइन् । सायद उनलाई यो कुराको अवगत थिएन होला तर उनी आफ्नो परफरमेन्स दिइरहिन् ।’

प्रतिक्रिया दिनुहोस्