पलसँगका पुराना दिन सम्झदैँ आँचलले सेयर गरिन् यस्तो तस्बिर..



नायिका आँचल शर्मा र पल शाहको सम्बन्ध अहिले राम्रो नभएको बजारमा हल्ला चल्ने गरेको छ । धेरै दर्शकले आँप जोडीलाई अत्यन्तै रुचाएका थिए । तर आँचलले उदिपसँग विवाह गरेपछि दर्शक केही भड्किए । हुन त आँचलको निजी जीवनमा हस्तक्षेप गर्ने अधिकार कसैलाई पनि छैन ।

आँचलले विवाहमा पललाई निम्तो गरेकी थिइन् तर प आएनन् । पल आँचलको रिसेप्सनमा पनि आएनन् । त्यसपछि यी दुईले नै सामाजिक सञ्जालमा एकअर्कालाई अनफलो गरे । एकअर्काको राम्रो साथी भएको भन्न रुचाउने आँचल र पलले सँगै काम नगरेको पनि महिनौँ भैसकेको छ । यस्तोमा दर्शकले यी दुईको सम्बन्ध चिस्सिएको अड्कल मार्नु स्वभाविकै हो ।

तर केहीदिन अघिमात्र दुवैले एकअर्कासँग कुनैपनि समस्या नभएको स्पष्ट पारेका छन् । त्यसका भविष्यमा एकसाथ काम गर्ने पनि दुवैले बताए । यसैबिच आँचलले आज सामाजिक सञ्जालमा पलसँगको २ बर्षअघिको तस्बिर सेयर गरेकी छिन् । उनले फेसबुकको स्टोरीमा मेमोरिज् भन्दै पलसँगको तस्बिर सेयर गरेपछि धेरै दर्शकलाई यी दुईलाई छिट्टै एकसाथ हेर्न पाइने आश पलाएको छ ।

प्रतिक्रिया दिनुहोस्