‘लकडाउनको समयमा आधा दर्जन बढी चलचित्रबाट अफर आए तर चित्तबुझ्दो स्क्रिप्ट भेटिन’ : बर्षा सिवाकोटी



बर्षा सिवाकोटी पछिल्लो समयकी चर्चित र व्यस्त नायिकाको सुचीमा पर्छिन् । उनलाई चलचित्रबाट अफर आइरहेका छन् । लकडाउनको समयमा मात्र बर्षालाई आधा दर्जनभन्दा बढी चलचित्रबाट अफर आए र तर बर्षाले कुनैपनि चलचित्र साइन गरिनन् ।

बर्षाले बताए अनुसार उनलाई अफर आएका प्राय चलचित्रको कथा कोरोना भाइरससँग जोडिएको छ । तर उनलाई कुनैपनि चलचित्रको कथा चित्त बुझेन । जसका कारण उनले कुनैपनि नयाँ चलचित्र साइन गरिनन् ।

बर्षा पहिले रोकिएका काम सकेर मात्र नयाँ चलचित्रमा काम गर्ने सुरमा छिन् । लकडाउन अघि बर्षा चलचित्र परदेशी २ को छायांकनमा व्यस्त थिइन् । लकडाउन खुल्ने बित्तिकै सबैभन्दा पहिले परदेशी २ को काम सक्काउने बर्षाको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्