‘ह्याप्पी बर्थ डे’ दिलीप रायमाझी !



दिलीप रायमाझी नेपाली सिने जगतका चर्चित अभिनेता हुन । एक जमाना यस्तो थियो, दिलीपको नामले मात्र पनि चलचित्र सफल हुने गर्थे । अहिले त्यस्तो समय छैन । हुन त अहिले दिलीप चलचित्रमा त्यति देखिएका छैनन् ।

लामो समयसम्मको अमेरिकाको बसाइपछि उनी नेपाल फर्किए । उनी पछिल्लो समयमा चलचित्रमा भन्दापनि म्यूजिक भिडियो र रियालिटी शोहरुमा व्यस्त छन् । पछिल्लो समयमा उनी डान्सिङ विथ द स्टार मा व्यस्त छन् । डान्सिङ विथ द स्टार भोलिबाट प्रशारणमा आउँदैछ ।

आज उनै अभिनेता दिलीप रायमाझीको जन्मदिन रहेको छ । दिलीप रायमाझी आज आफ्नो ४० औँ जन्मदिन मनाउँदै छन् । दिलीपको जन्मदिन परेकाले उनलाई सामाजिक सञ्जालमा उनका फ्यानले शुभकामना दिइरहेका छन् । हाम्रो तर्फबाट पनि दिलीपलाई जन्मदिनको धेरै धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्