‘ह्याप्पी बर्थ डे’ भुवन केसी !



नेपाली सिने जगतका सदावहार अभिनेता भुवन केसीको आज जन्मदिन रहेको छ । भुवनको जन्मदिन परेकाले उनलाई सामाजिक सञ्जालमा शुभकामना दिनेको ओइरो नै लागेको छ ।

पछिल्लो समयमा भुवन होम प्रोडक्सनको चलचित्र पारश बनाउनमा व्यस्त छन् । पारश मा अनमोल मुख्य भूमिकामा देखिने भएका छन् । भुवन र अनमोल यतिबेला त्यसैको तयारीमा रहेका छन् ।

यस्तै केहिसमय अघि साम्राज्ञीसँगको विवादमा कारण पनि भुवनमा चर्चामा आएका थिए । अहिले भुवन र साम्राज्ञीको विवाद सेलाइसकेको छ । जे होस्, हाम्रो तर्फबाट पनि भुवनलाई जन्मदिनको धेरै धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्