नायिका उषा रजक सवारी दुर्घटनामा परि घाइते



नायिका उषा रजक सवारी साधन दुर्घटनामा परी घाइते भएकी छिन् ।

हिजो सानेपामा विपरीत स्कुटरले उषाले चलाइरहेको स्कुटरलाई ठक्कर दिएपछि उनी घाइते भएकी हुन् । उषाले उक्त स्कुटरको चालकको लाइसन्स नभएको भन्दै उजुरी समेत दिएकी छिन् ।

उपचारपश्चात उषा घर फर्किसकेकी थिइन् तर फेरि दुखाइ सहन नसकेर उनी मेडिसिटी अस्पतालमा भर्ना भइन् । उनको टाउको र घुडामा चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्