जितु नेपालबाट ‘जीत बहादुर’ बने मुन्द्रे



‘मुन्द्रे’ को नामले चर्चित हाँस्यकलाकार जितु नेपालले आफ्नो नाम परिवर्तन गरेका छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आफ्नो नाम जितु नेपालबाट फेसबुकमा जीत बहादुर नेपाल राखेको जानकारी दिएका छन् ।

धेरैलाई जितुले यस्तो किन गरेका होलान् भनेर जिज्ञासा लागेको होला । पछिल्ला दिनहरुमा उनको नामबाट धेरै नक्कली आइडीहरु बनेको पाइएको छ । नक्कली आइडीबाट हैरान भएर जितुले फेसबुकको नाम परिवर्तन गरेका हुन् ।

उनको वास्तविक नाम भने जीत बहादुर नेपाल नै हो । उनको नागरिकता, पासपोर्टमा पनि यहि नै नाम रहेको छ । जीतुले अब दर्शकलाई आफ्नो वास्तविक आइडीमा मात्र फलो र एड गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्