जयाले ‘जुन थालमा खायो सोहि थालमा थुक्न मिल्दैन’ भनेपछि कगंनाले दिइन् यस्तो जवाफ…



यतिबेला सामाजिक सञ्जाल कगंना रनावत र जया बच्चनको विवादले तात्तिएको छ । राज्यसभामा समाजवादी पार्टीकी सांसद जया बच्चनले भनेका कुरामा कगंनाले आपत्ति जनाएकी हुन् ।

जयाले कुनै पनि कलाकारको नाम नलिई भनेकी थिइन्–‘चलचित्र क्षेत्रबाट नाम कमाउनेहरु यसलाई फोहोरी ठाउँ भनिरहेका छन् । मलाई आशा छ कि, सरकारले यी मानिसहरुलाई यस्तो भाषा प्रयोग नगर्न भन्नेछ ।’

जयाले भनिन्–‘केही मानिसहरुका कारण सिंगो बलिउड नगरीको छविलाई दुषित गर्न मिल्दैन । मलाई लाज लाग्छ कि, लोकसभामै हाम्रा एक सदस्य जो चलचित्र उद्योगसँग जोडिएका छन्, उनले यसको विरुद्धमा बोलेका छन् । यो लाजको बिषय हो । जुन थालमा खायो सोही थालमा थुक्न मिल्दैन ।’

जयाले नाम नलिए पनि उनको भनाइ सिधै कगंनालाई नै भनिएको स्पष्ट बुझ्न सकिन्छ । जयाले त्यस्तो तर्क दिएपछि कगंना चुप लागेर बसिनन् । उनले पनि जयालाई मुखभरिको जवाफ फर्काएकी छिन् ।

जयाको यो भनाइपछि आक्रोशित कंगनाले ट्विट गर्दै लेखेकी छिन्–‘जया जी, तपाइले यो कुरा त्यतीबेला वुझ्नु हुन्थ्यो जतिबेला मेरो स्थानमा तपाइकी छोरीमाथि हातपात हुन्थ्यो, उसलाई नशा दिइन्थ्यो र युवा अवस्थामा उसको शोषण हुन्थ्यो ।

के तपाई त्यतीबेला पनि यो कुरा भन्न सक्नुहुन्थ्यो कि, जतिबेला तपाइको छोरा अभिषेकमाथि निरन्तर ह्यारेसमेन्ट हुन्थ्यो र एक दिन उसलाई तपाई पंखामा झुन्डिएको पाउनुहुन्थ्यो । हामीलाई सहानुभुती दिनुहोस् ।’

प्रतिक्रिया दिनुहोस्