विजयको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै करिश्माले लेखिन्, ‘यो रोगलाई तिमीले सहज रुपमा हराउनेछौँ’



नेपाल वायुसेवा निगमका क्याप्टेन तथा कलाकार विजय लामालाई कोरोना पुष्टि भएपछि यतिबेला सोल्टि होटलको आइसोलनमा उनको उपचार भैरहेको छ ।

यस्तै नायिका करिश्मा मानन्धरले सामाजिक सञ्जालमा विजय लामाको फोटो पोष्ट गर्दै उनको शिघ्र स्वास्थ्यलाभको कामना गरेकी छिन् ।

उनले लेखेकी छिन्, ‘कोरोनाको कहरमा यो संक्रमणलाई चुनौती दिदै आफ्नो कर्तव्य निभाउन निडर योद्धा बनि खटिरहेउ, यो रोगलाई तिमिले सहज रुपमा हराउनेछौं भन्ने विश्वास छ । सिघ्र स्वस्थ्य लाभको कामना क्याप्टेन, जय चन्द्र सुर्य ।’

 

प्रतिक्रिया दिनुहोस्