कुलमानको पुनः नियुक्तिको माग गर्दै दिपकले भने : ‘दबाब स्वरुप राति ८ बजे ५ मिनेटको लागि बत्ती निभाऔँ’



विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ बर्षे कार्यकाल हिजो सकिएसँगै यतिबेला उनलाई पुनः प्राधिकरणमा नियुक्ति दिने वा नदिने भन्नेबारे छलफल भैरहेको छ ।

कुलमान आफैँ पनि प्राधिकरणमा पुनः नियुक्त भएर धेरै काम गर्न चाहन्छन् । यसबिच उनलाई नेपाली सिने जगतका कलाकारहरुको राम्रो साथ मिलिरहेको छ । केहीसमय अघि हरिवंश आचार्य, करिश्मा मानन्धर, बर्षा राउत, शिव परियार लगायतका चर्चित कलाकारले कुलमानको समर्थन गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए ।

अहिले उनको कार्यकाल सकिएपछि पुनः कलाकारले प्राधिकरणमा कुलमान नै नियुक्त हुनुपर्ने भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् । यस्तै कलाकार दिपकराज गिरीले भने कुलमानको पुनः नियुक्तिको लागि राति ८ बजेपछि ५ मिनेटसम्म बत्ति निभाएर दबाब दिन आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आदरणीय साथीहरु । कुलमानजीको पुनः नियुक्तीको लागि जन दबाब स्वरुप आजबाट हरेक साझ आठ बजे ५ मिनेट बत्ती निभाएर ऐक्यवद्धता प्रकट गरौ ।’

दिपकको कुरामा निर्देशक प्रदिप भट्टराईले पनि सहमति जनाएका छन् । उनले पनि राति ८ बजेपछि ५ मिनेटको लागि बन्द निभाउन सबैलाई आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्