सयौँ मजदुरको भोक मेटाउँदै कलाकार जितु नेपाल (मुन्द्रे)



अहिले कोरोनाका कारण धेरै मानिसको बिचल्ली भएको छ । अझ दैनिक मजदुरी गरेर परिवार चलाउनेहरुको लागि त गुजारा चलाउन नै मुश्किल भैरहेको छ ।

यसैबिच चर्चित हाँस्य कलाकार जितु नेपाल अर्थात मुन्द्रेले पुरानो बसपार्क पुगेर भोकै रहेको सयौँ मजदुरको पेट भरेका छन् ।

जितुले यसरी समस्यामा परेकाहरुको लागि आफूले पनि केही सहयोग गर्न पाउँदा निकै नै खुसी लागेको बताए । साथै उनले सबैलाई सुरक्षित रहन पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्