रियाले आजभन्दा ११ बर्षअघि लेखेकी थिइन् ड्रग र एक युवती जेल गएको कहानी, अहिले किन भयो ट्वीट भाइरल ?



सुशान्त सिंह राजपुत आत्महत्या प्रकरणमा मुछिएपछि नायिका रिया चक्रवर्तीलाई मुम्बई पुलिसले गिरफ्तार गरेको छ । रियाले सुशान्तलाई ड्रग दिने गरेको पुष्टि भएपछि उनलाई गिरफ्तार गरिएको हो ।

यसैबिच यतिबेला सामाजिक सञ्जालमा रियाले आजभन्दा ११ बर्षअघि गरेको एक ट्वीटले निकै नै चर्चा पाइरहेको छ । क्त ट्वीटमा रियाले लागुऔषध कारोबार र एक युवती जेल गएको कुरा लेखेकी थिइन् ।

रियाको सन् २००९ को नोभेम्बर १९ को एउटा ट्वीट भाइरल भइरहेको छ । यसमा उनले ११ वर्ष अघि जे कुरा लेखेकी थिइन् त्यो उनको वास्तविक जीवनसँग केही हदसम्म मेल खाएको छ । रियाले एक भारतीय युवतीबारे लेखेकी थिइन् जसलाई लागुऔषध ओसारपसारका लागि साढे चार वर्षको सजाय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्