बलिउड अभिनेत्री कगंनाको अफिसमा चल्यो डोजर



बलिउड अभिनेत्री कगंना रनावतलाई हिजो बिबिसीले २४ घण्टामा उनको अफिस डोजरले भत्काइदिने नोटिस पठाएको थियो ।

नभन्दै आज कगंनाको अफिसमा डोजर चलेको छ । कगंना मुम्बई पुग्नु अगावै उनको अफिसमा बिबिसीले डोजर चलाएको हो ।

उनको अफिसमा डोजर, क्रेन, हथौडा लिएर बीएमसीका कर्मचारी र मजदुर पुगेका थिए । उनीहरुले अफिस भत्काएका छन् ।

आफ्नो अफिसमा डोजर चलेपछि कंगनाले ट्विटरमार्फत विरोध जनाएकी छिन् । उनले, यो आफ्नो अफिस मात्र नभएर राम मन्दिर भएको पनि उल्लेख गरेकी छिन् । उनले, आफ्नो अफिसमा बाबर प्रवेश गरेको बताएकी छिन् । कंगनाले बीएमसीको विरुद्धमा उच्च न्यायलयमा उजुरी दिएकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्