बाग्लुङमा बाढीका कारण समस्यामा परेकाहरुलाई राहत वितरण गर्दै पल र दुर्गेश



अभिनेता पल शाह पछिल्लो समयमा अभिनय सँगसँगै सामाजिक कार्यमा पनि अग्रसर देखिन थालेका छन् । लकडाउनको समयमा कोरोनाका कारण समस्यामा परेकाहरुलाई उनले निकै सहयोग गरेका थिए ।

त्यसपछि केहीदिन अघिमात्र उनी कालिकोटमा बाढीपहिरोको कारण समस्यामा परेकाहरुलाई राहत वितरण गरेका थिए । कालिकोट पछि यतिबेला अभिनेता पल शाह राहत वितरणको लागि बाग्लुङ पुगेका छन् ।

केहीसमय अघि आएको बाढीले बाग्लुङमा निकै क्षति पुर्याएको थियो । बाग्लुङमा राहत वितरणका लागि पललाई गायक तथा मोडल दुर्गेश थापाले साथ दिएका छन् । दुर्गेश र पलले केहीसमय अघि आलु जस्तो गायकमा एकसाथ काम गरेका थिए । त्यसपछि यी दुईको मित्रता बलियो भएको देखिन्छ । यतिबेला सामाजिक सञ्जालमा पल र दुर्गेशका तस्बिर चर्चामा छन् ।

प्रतिक्रिया दिनुहोस्