डिभोर्स भएपछि पहिलो पटक परिवारलाई भेट्न माइत पुगिन् मलाइका



बलिउडकी चर्चित अभिनेत्री मलाइका अरोडाको अरबाजसँग डिभोर्स भएको २ बर्ष बितिसकेको छ । अरबाजसँग डिभोर्स भएपछि मलाइका कुनैपनि कार्यक्रममा खुलेर सहभागि भएकी थिइन् । कार्यक्रममा मात्र नभएर उनी आफ्नै परिवारसँग पनि भेटेकी थिइनन् ।

डिभोर्स भएपछि पहिलो पटक आफ्नो माइत गएकी छिन् । आमाले घरमा आउन भनेपछि उनी सबैजनालाई भेट्न घर गएकी हुन् । उनको स्वागतको लागि घरमा भव्य तयारी गरिएको थियो ।

मलाइकालाई मनपर्ने खानेकुरा बनाएर राखिएको थियो । लामो समयपछि परिवारसँग सँगै बसेर मलाइकाले खाना खाएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्