‘प्रेमगीत ३’ का निर्देशन छेतन गुरुङको निधन



चर्चित स्क्रिप्ट लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ ।

गुरुङको बुधबार बिहान २ बजे राजधानीको महाराजगञ्ज स्थित मेट्रो अस्पतालमा उपचारको क्रममा गुरुङको निधन भएको अभिनेता प्रदीप खड्काले जानकारी दिए ।
४२ बर्षका गुरुङ लिभरको बिरामी थिए । स्वास्थ्यमा अचानक समस्या देखिएपछि सोमबार उनलाई अस्पताल भर्ना गरिएको थियो ।

चलचित्र नोभेम्बर रेनको कथा लेखनबाट उनले यस क्षेत्रमा पाइला चालेका थिए । त्यसपछि उनले क्लासिक, ए मेरो हजुर २, डायरी जस्ता चलचित्रको कथा लेखिसकेका थिए ।

उनले डबरुको डण्डिबियो नामक चलचित्रबाट निर्देशनमा पनि हात हालेका थिए । उनी निर्देशित अन्तिम चलचित्र प्रेमगीत ३ प्रदर्शनको तयारीमा रहेको छ । पछिल्लो समयमा उनी चलचित्र हुतुतु को स्क्रिप्ट लेखनमा व्यस्त थिए ।

प्रतिक्रिया दिनुहोस्