प्रधानमन्त्री ओलीलाई अभिनेत्री गौरी मल्लको अनुरोध– ‘हाँसोको होइन, गर्वको पात्र बन्नुहोस्’



गौरी मल्ल नेपाली चलचित्र जगतकी सदावहार र सर्वाधिक चर्चित अभिनेत्री हुन् । उनै गौरी मल्ल बेला बेलामा सामाजिक सञ्जालमा आफ्ना मनमा लागेका कुराहरु लेख्ने गर्छिन् । हालैमात्र पनि उनले स्टाटस लेख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई हाँसोको पात्र नभएर गौरवको पात्र बन्न अनुरोध गरेकी छिन् ।

उनले प्रधानमन्त्रीले आफूले बोलेका कुरामा ट्रोल हुने गर्दा त्यसलाई मजाकमा उडाउने गरेको बताउँदै उनले ती कुरालाई जनताले शिर्षस्थानमा राख्ने भएकाले बोल्दा विचार पुर्याउन जरुरी भएको बताएकी छिन् । उनले देशको नागरिक भएका हिसाबले प्रधानमन्त्रीसँग प्रश्न गर्ने अधिकार आफूमा भएकाले यी सबै कुरा भनेको पनि बताएकी छिन् ।

गौरीले देश र जनताको अवस्था सुधार गर्दै सानातिना रोजगार भएपनि दिनतर्फ लाग्न प्रधानमन्त्रीलाई आग्रह गरेकी छिन् । गौरीले लेखेकी छिन्–‘प्रधानमन्त्रीज्यू, यो देश तपाइको घर हो । हामी जनता तपाइका नै परिवार हौं । यो कुरालाई आत्मसाथ गर्नुहोस् । आज जनता जानीजानी आगोमा होमिन जाँदैछन्, उनीहरुको जीवन रक्षा गर्ने कर्तव्य तपाइकै हो ।’

 

प्रतिक्रिया दिनुहोस्