गाँजासहित पोखराबाट २ युवक पक्राउ



प्रहरीले गाँजासहित पोखराबाट २ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले ६ किलो १ सय ग्राम गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका १७ का २० वर्षीय शिलास बिक र तनहुँको शुक्लागण्डकी १२ का सञ्जोक बिक रहेका छन् ।

आइतबार राति ग ९ प ६०२८ नम्बरको पल्सर मोटरसाइकल चेजाँचका क्रममा उनीहरूको साथबाट ६ किलो १ सय ग्राम गाँजा र १ थान लागुऔषध बनाउने मेसिनसहित पक्राउ गरिएको हो ।

उनीहरूमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ विपरितको कसुरमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्