ज्योति मगरले पोखिन् पूर्व प्रेमीले दिएको पिडा- ‘कानको जाली फुट्ने गरी पिटेपछि दियो ज्यान मार्ने धम्की’…



ज्योति मगर एकदम कन्ट्रोभर्सियल गायिकाको सुचीमा पर्छिन् । आफूलाई मनमा लागेका करा उनी कसैको डर नमानी निर्धक्क भएर गर्ने गर्छिन् । उनको यहि बानीलाई मन पराउने दर्शक पनि धेरै नै रहेका छन् । ज्योति मगर आफूलाई अरुले जस्तो व्यवहार गर्छ, त्यस्तै व्यवहार फर्काउने व्यक्तिमा पर्छिन् ।

हालै दिएको एक अन्तवार्तामा भने उनले आफ्ना जीवनमा केही भोगाइबारे बताएकी छिन् । ज्योतिले कुनै समयमा आफ्नो पूर्व प्रेमीले निकै नै तनाव दिएको बताइन् । उनले त्यसबेला प्रेमीले आफूमाथि गरेको अत्याचार धेरै सहनु पर्यो ।

यतिसम्म कि उनका पूर्व प्रेमीले उनलाई कानको जाली नै फुट्नेगरी हानेका थिए । त्यसबेला ज्योतिको कानको जाली नै फुटेको थियो । उनी केहीदिनसम्म त जतिबेला पनि कानमा मात्र हात लग्थिन् । त्यतिमात्र नभएर उनका प्रेमीले उनलाई ज्यान मार्ने धम्की समेत दिएका थिए ।

त्यसबेला ज्योतिले केही गर्न सकिनन् । तर उनी अहिले भने आफू एक सक्षम नारी भैसकेको बताउँछिन् । अहिले उनी हर कोहीसँग लड्न सक्ने क्षमता रहेको बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्