१२ बर्षसम्मको निरन्तर संघर्षपछि यहाँसम्म यसरी आइपुगे किरण कुमार भुजेल…



नेपाल आइडल सिजन ३ अब चाडै नै सकिदैँ छ । यसपटक नेपाल आइडल सिजन ३ कोरोनाका कारण बिचमा थुप्रै समय रोकियो । तर अहिले फेरि नेपाल आइडल पुनः प्रशारणमा आउन थालिसकेको छ । अब अर्को हप्ता नेपाल आइडल सिजन ३ को फाइनल हुदैँछ ।

फाइनलमा किरण कुमार भुजेल, सज्जा चौलागाई र प्रविन बेडवाल पुग्न सफल भएका छन् । किरण कुमार भुजेल नेपाल आइडल सिजन ३ को उत्कृष्ट ७ बाट नै बाहिरिएका थिए । पछि वाइल्ड कार्ड मार्फत उनले अत्याधिक भोट पाएर फेरि नेपाल आइडल मा भित्रने अवसर पाए ।

आफ्नो कडा मेहेनत त छदैँ छ त्यसका साथै दर्शकको साथ र भोटका कारण आज किरण फाइनलमा पुग्न सफल भएका छन् । नेपाल आइडलको यहाँसम्मको यात्रा किरणको लागि सजिलो भने पक्कै पनि थिएन ।

मान्छे हेरेर उसको जीवनको वास्तविकता कसैले पनि बुझ्न सक्दैन । किरणलाई पनि हेर्दा उनी निकै संघर्ष गरेर आएको जस्तो नदेखिएला । तर आज यो स्थानसम्म आइपुग्नको लागि उनले १२ बर्षदेखि मेहेनत गरिरहेका छन् ।

नेपाल आइडल को फिनालेमा पुगेपछि किरणले सामाजिक सञ्जालमा निकै भावुक स्टाटस लेखेका छन् । उनले आजभन्दा १२ बर्ष अगाडी गायक बन्ने रहरले आफू काठमाडौँ भित्रिएको र १२ बर्षको निरन्तर मेहेनतपछि आफूले यत्तिको सफलता पाएको बताएका छन् ।

सांगितीक क्षेत्रमा रुचि भएका कारण काठमाडौँ छिर्ने बित्तिकै उनी संगीत पढ्नको लागि काठमाडौँको ललित कला क्याम्पसमा भर्ना भए । काठमाडौँमा बस्न खान त्यति सजिलो छैन । यहाँको महंगीमा आफूलाई पाल्न किरणलाई सजिलो थिएन । त्यसैले सुरुसुरुमा उनले बच्चाहरुलाई स्कुलमा पढाउने, होटलमा गीत गाउने जस्ता कामहरु गरेका थिए ।

आफ्नो सपना पुरा गर्न नेपाल आइडल सिजन ३ भन्दा पहिले उनी खोजी प्रतिभाको, नेपाल आइडल सिजन १, सारेगमपा मा नेपालबाट सेलेक्ट भएर इन्डिया समेत पुगे तर उनको यात्रा धेरै लामो जान सकेन । एकपटक त उनले हार मानेर विदेश जाने निर्णय समेत गरिसकेका थिए । तर फेरि १२ बर्षको आफ्नो मेहेनत सम्झेर उनले हार मान्न चाहेनन् । आज दर्शकबाट यतिधेरै माया पाउँदा किरण दंग छन् । उनले आफूलाई भोट गर्ने दर्शकलाई धन्यवाद दिएका छन् भने अब नेपाल आइडलको बिजेता बनाउन आफूलाई धेरै भन्दा धेरै भोट गर्न पनि आग्रह गरेका छन् ।

किरणको स्टाटस जस्ताको तस्तै–

नमस्ते??
परिस्थिति एकै रहेन १२ बर्षमा खोला फर्कन्छ भन्थे साचै हो जस्तै लाग्दैछ।
गित गाउने गायक बन्ने सपना बोकेर १२ बर्ष अघि काठमाडौ आए संगीत विषय पढ्न ललितकला क्याम्पस भर्ना भए साथै गुरु शिब राज पौडेलको सामिप्यमा बसेर संगीत सिक्न थाले,स्कुलमा पढाउथे,होटेलमा गाउथे,गित निकाले खासै चलेन,खोजी प्रतिभाको मा गए नेपाल आइडलको पहिलो सिजनमा गए,सारेगमपा मा नेपाल बाट सेलेक्ट भएर इन्डिया सम्म गए म कतै सफल भइन।
कैलेकाहि लाग्थियो संगीत छाडेर बिदेश तिर जाउ फेरि आफुलाई समाल्थे,मेहनत को फल पाउछु भन्ने लाग्थियो अनि फेरि नेपाल आइडल सिजन ३ मा आए,हजुरको माया पाए,उत्कृष्ट ७ बाट बाहिरिदा दु:ख लाग्यो तर पनि हिम्मत हारेको थिन,फेरि हजुरको साथले नेपाल आइडलको मन्चमा पुन: प्रबेश पाए र अत्याधिक भोट सहित फाइनलमा पुगेको छु,अब हजुरहरुकै हातमा छ मलाई तेस्रो नेपाल आइडल बनाउने कि नबनाउने,आशा गरेको छु हजुरहरुले धेरै भन्दा धेरै भोट गरि तेस्रो नेपाल आइडल बनाउनु हुनेछ।
भोटिङ लाइन खुली सकेको छ,अब आउने शुक्रबार ५ बजे सम्म भोट गर्न सक्नु हुनेछ।
Vote गर्नको लागि NI03 टाइप गरि 37000 मा Send गर्नु होला । त्यसै गरि Respect & Rise App र E-sewa मार्फत पनि Vote गर्न सक्नु हुनेछ । Voting लाईन खुल्ला भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्