कवितामार्फत निर्मलाको लागि न्याय माग्दै अभिनेता नाजिर हुसेन



निर्मला पन्तको हत्या भएको २ बर्ष पुगिसकेको छ । तर अपराधीले सजाय अहिलेसम्म पाउन सकेको छैन । २ बर्षदेखि छोरीको न्यायको लागि निर्मलाका आमाबुबा दौडिरहेको छन् । तर उनीहरुको कुरामा खासै कसैले वास्ता गरेको देखिएको छैन ।

यस्तै यतिबेला निर्मलाको समर्थनमा नेपाली चलचित्रका कलाकार उत्रिएका छन् । धेरै कलाकारले सामाजिक सञ्जालमा स्टाटस लेख्दै निर्मलाको लागि न्याय मागिरहेका छन् । यसैबिच अभिनेता नाजिर हुसेनले पनि आफ्नो कवितामार्फत निर्मलालाई न्याय दिलाउन सरकारलाई दबाब दिइरहेका छन् ।

उनले कवितामा निर्मलाका आमाबुबाले छोरीको लागि गरेको संघर्षलाई पनि इन्कित गरेका छन् । नाजिरको कवितामा धेरैले समर्थन जनाएका छन् ।

नाजिरको कविता जस्ताको तस्तै–

हरियो प्रश्न
एक समय अदालतमा
अडर अडर भन्दै गाभल बजेको थियो
न्याय मूर्तिको हातमा झुन्डीएको बाङ्गो तराजुले
सिधा न्याय गरेको थियो त?
बाको मुटु चक्नाचुर भएर फुटेको कस्ले देख्यो ?
एक त्यान्द्रो आशा बोकेर ढोका देखि ढोकासम्म पुगेको बाको नाङ्गो पैतालालाई कस्ले देख्यो ?
आमाको कोख रित्तिएको कस्ले देख्यो र यहाँ ?
दोबाटो, चौबाटोमा छाती पिट्दै रोईरहेकी आमाको आँसुलाइ कस्ले पुछ्यो र यहाँ ?
एउटा नौजवान युवतीको सपनाहरु भताभुङ्ग भएको कस्ले नै देख्यो र ?
देख्नु भो त तपाईंले?
तपाईंको न्याय मुर्तिले त देख्दैन
तपाईंले के देख्नु हुन्छ
हो हजुर म म नै भएर त्यहीँ निर्मलाको कुरा गरिरहेको छु
जस्को मृत शरीरबाट गन्हाउने बासी विर्य
अझैपनि हाम्रो मस्तिष्कमा ताजै भएर डुङ्गडुङ्ती गन्हाइरहेको छ
के तपाईंलाई गन्हाएको छैन ?
महासय
मुटुमा हात राखेर भन्नुस त !
तपाईंको अदालतमा न्याय मुर्तिको हातमा झुन्डीरहेको त्यो बाङ्गो तराजुले
सिधा न्याय गर्यो त आजसम्म ?

प्रतिक्रिया दिनुहोस्