नेपालको झण्डा जलाउँदै जथभावी र्याप हान्नेलाई दर्शकले गरे कार्वाही गर्न माग



हिजोमात्र युट्युबमा मंगोल हब अफिसियल च्यानलबाट देशद्रोही नामक र्याप गीत रिलिज भएको थियो । उक्त गीत युट्युबमा सार्वजनिक भएको केहीसमयमै अत्याधिक विवादित बनेको छ ।

गीतमा नेपालको झण्डा जलाइएको छ । नेपाली भएर नेपालको झण्डा जलाउनु वास्तवमै असाध्यै अस्वभाविक लाग्छ । हामी दिनरात यहि देश बनाउने कुरा गर्छौ । नेताहरुले देशको लागि केही गरेनन् भनेर उनीहरुमाथि आरोप लगाउने गर्छौ । तर देशको नागरिक भएर एउटा गीत बनाउनको लागि मात्र देशको झण्डा जलाउनु कति उचित हो ?

धेरै प्रयोगकर्ताले उक्त गीतको निकै नै आलोचना गरेका छन् । यो समाचार तयार पारिरहदाँ गीतमा लगभग २ लाख भ्यूज प्राप्त छ । गीतलाई ५२ हजारले डिसलाइक गरेका छन् भने लगभग २ हजारले लाइक गरेका छन् । यस्तै गीतमा १० हजार बढी कमेन्ट प्राप्त छन् ।

प्रतिक्रिया दिनुहोस्