अक्षय कुमारले गरे बाढीपिडितलाई १ करोड सहयोग



बलिउड अभिनेता अक्षय कुमारले बाढीपिडितलाई १ करोड सहयोग गर्ने भएका छन् ।

हाल उनी चलचित्र बेल बटम को लागि स्कटल्याण्डमा छन् । तर उनले उनी फर्केपछि रकम पिएम कोषमा जम्मा गरिदिने जानकारी दिएका छन् ।

अक्षयले असम र बिहारका बाढीपिडितलाई सहयोग गर्न लागेका हुन् । उनले सहयोग गर्ने भएपछि बिहार र असम राज्यका मुख्यमन्त्रीहरुले आभार समेत प्रकट गरेका छन् । अक्षयका फ्यानले समेत उनको यो कदमलाई प्रशंसनीय भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्