कार पाएपछि हिमेशले भने, ‘२५ लाखको कार त पाए तर चलाउनै आउँदैन’



कमेडी च्याम्पियन सिजन १ का बिजेता हिमेश पन्तले जितेको कार बल्ल पाएका छन् । कमेडी च्याम्पियन सकिएको ६ महिनापछि उनले कार पाएका हुन् ।

उनलाई बुधबार, तिनकुनेस्थित कान्तिपुर पब्लिकेशनमा कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी, निर्माता केकी अधिकारी र कान्तिपुर टिभीका प्रमुख दिनेश डिसीले हिमेश पन्तलाई कार प्रदान गरे ।

कोरोना कारण लकडाउन भएकाले हिमेशले कार ठिलो पाएको केकी अधिकारीले बताइन् । हिमेशलाई अहिले जसरी नि कार दिनु थियो । किनकी कमेडी च्याम्पियन सिजन २ को आधिकारीक घोषणा भैसकेको छ ।

यस्तो बेलामा पहिलो बिजेतालाई नै जितेको पुरस्कार दिदाँ शो लाई लिएर दर्शकको नराम्रो भ्यू जाने हो कि भनेर पनि हिमेशलाई उनले जितेको पुरस्कार दिइएको हो ।

कार पाएपछि हिमेश निकै नै मख्ख थिए । उनले भने, २५ लाखको कार त पाए तर चलाउनै आउँदैन । उनको यो भनाईले सबैजना गलल हाँसेका समेत थिए ।

प्रतिक्रिया दिनुहोस्