बर्षा भन्छिन्, ‘लोकप्रियताको लागि मरिमेट्नु गलत हो’



नायिका बर्षा सिवाकोटी पनि आफूलाई मन नपरेका कुराहरु निर्धक्क भएर बोल्ने गर्छिन् । कोरोनाका कारण नेपालमा लामै समयसम्म लकडाउन भयो । जसको प्रत्यक्ष असर फिल्म क्षेत्रलाई पनि पर्न गयो ।

लकडाउनको समयमा फिल्म क्षेत्रमा निकै नै विवादहरु आए । हुन त पहिले पनि विवादहरु नआएका होइनन् तर एउटा सिमाभित्र नै थिए । यसपटक भने हदभन्दा ज्यादा गए विवादहरु ।

भेटघाट गरेर मिलाउन सकिने कुराहरुलाई कलाकारले सामाजिक सञ्जालको दुरुपयोग गर्दै झन् झन् चर्को बनाउँदै गए । नेपाली फिल्म क्षेत्र सानो छ । यहाँ सबैजना मिलेर अगाडी बढ्नु आवश्यक छ । तर बिडम्बना त्यस्तो कतैपनि देखिएन ।

बर्षालाई सामाजिक सञ्जालमा एक फ्यानले सोधे ‘केही दिनयता फिल्म क्षेत्र सम्बन्धि धेरै विवाद र आरोप प्रत्यारोपहरु आइरहेका छन्, यसमा तपाईंको धारणा के छ रु’ यसको जवाफमा वर्षाले कलाकार सम्यमित हुन जरुरी रहेको बताएकी छन् ।

उनले लेखेकी छन्, ‘केही समयको लोकप्रियताका लागि मरिमेट्नु गलत हो । पब्लिक प्लेटफर्ममा आफ्नो विचार राख्दा सोच पुर्याउनु पर्छ । र, महत्त्वपूर्ण कुरा, डिसिप्लिन मेन्टेन गर्न जरुरी छ ।’ उनको यो भनाईले लोकप्रियताका लागि विवाद उब्जाउनु र आरोप(प्रत्यारोपमा उत्रनु गलत रहेको तर्क पेश गर्छ । तर, उनको यो टिप्पणी कोप्रति लक्षित हो रु बुझ्न चाहिँ सकिएन !

प्रतिक्रिया दिनुहोस्