कमेडी च्याम्पियन बिजेता हिमेश पन्तले बल्ल पाए जितेको कार



कमेडी च्याम्पियन दर्शकले सर्वाधिक रुचाएको रियालिटी शो हो । कमेडी च्याम्पियन सिजन १ मा हिमेश पन्त बिजेता बनेका थिए । बिजेता बनेपनि उनले जितेको कार भने अहिलेसम्म पाएका थिएन ।

अब कमेडी च्याम्पियन सिजन २ सुरु हुने बेला भैसकेको छ । कमेडी च्याम्पियन सकिएको करिब ६ महिनापछि हिमेशले जितेको कार पाएका छन् ।

कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी, निर्माता केकी अधिकारी तथा कान्तिपुर टेलिभिजनका स्टेशन म्यानेजर दिनेश डिसीले हिमेशलाई एक समारोहका बीच कार हस्तान्तरण गरेका छन् ।

उक्त कारको मूल्य २५ लाख रुपैयाँ पर्ने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्