लागूऔषधको नशामा डुबेर सञ्जयले खेर फालेका थिए जीवनको ९ बर्ष…



सञ्जय दत्त बलिउडका निकै नै चर्चित अभिनेता हुन् । केहीदिनदेखि स्वास्थ्यमा समस्या आएका कारण उनी मुम्बईस्थित लिलावती अस्पतालमा उपचार गराइरहेका छन् ।

सञ्जयको फोक्सोमा क्यान्सर भएको छ । उनी क्यान्सरको पनि तेस्रो स्टेजमा छन् । त्यसैले उनी उपचारका लागि केहीदिनमै अमेरिका उड्दैछन् । सञ्जय दत्तले सानो उमेरमा नै लागूऔषधी सेवन गरेका रहेछन् । जसको असर उनीमा अहिले देखिएको छ ।

सञ्जयले १८–१९ बर्षको उमेरदेखि नै लागूऔषध सेवन गर्न थालेका रहेछन् । त्यसबेला लागू औषध नै उनको लागि सबथोक थियो । लागूऔषधमा डुब्नाले उनले आफ्नो जीवनको ९ बर्ष त्यसै बर्बाद गरे । यो कुरा सञ्जय आफैँले धेरै समय अगाडी दिएको एक अन्तवार्तामा बताएका थिए ।

उक्त अन्तवार्तामा उनले भनेका थिए, ‘मैले हरेक लागूऔषध सेवन गरेँ तर मलाई हेरोइन र कोकिन निकै मन पर्दथ्यो । एकपटकको कुरा, मैले मैले एलएसडी (साइकेडेलिक ड्रग) सेवन गरेको थिएँ । पिताजीले मलाई अफिस बोलाउनुभयो । म त्यहाँ चाँडै नै पुगेँ । उहाँ मेरो अगाडि बसेर कुरा गरिरहनुभएको थियो तर मैले केही पनि बुझिरहेको थिइनँ । उहाँले निकै सुस्त गतीमा कुरा गरिरहनुभएको थियो र मैले ‘हजुर–हजुर’ भन्ने कोसिस गरिरहेको थिएँ । अचानक मलाई लाग्यो कि उहाँको टाउकोमा मैनबत्ती बलिरहेको छ । त्यो देखेर म डराएँ र उहाँको अनुहार नजलोस् भनेर उहाँलाई बचाउन उहाँ भएठाउँ डौदिएँ ।’ ‘मेरो त्यस्तो व्यवहार देखेर पिताजीले नोकरलाई भन्नुभयो, ‘यसलाई लिएर जाओ, यो पागल भइसकेको छ ।’ आज जब म यो घटनाबारे सोच्छु तब लाग्छ कि मेरो व्यवहारले पिताजीलाई कस्तो महसुस भयो होला ।’

एकपटक त ड्रगले उनलाई यतिसम्म मत्ताएको थियो कि उनी सुतेको २ दिनपछि ब्युझिएका थिए । उनको हालत देखेर घरमा सबैजना पागल जस्तै भएका थिए । त्यतिबेला सञ्जयलाई आफ्नै हालत हेरेर दुख लाग्यो । उनले आफू कूलतमा बसेर बिग्रिसकेको बल्ल महशुस भयो । मर्छु कि डर पनि रहेछ उनलाई त्यसैले उनले आफ्नो ज्यान बचाउन आफ्नो पितासँग आग्रह गरे ।

पिताको सल्लाह अनुसार सञ्जयले २ बर्ष भारत बाहिर रहेर उपचार गराए र पूर्णरुपमा ठिक भएर भारत फर्किए । त्यसपछि पनि उनलाई ड्रग बेच्ने मान्छेले उकासिरहेको थियो । तर त्यसबेलासम्म सञ्जयले अब पुनः त्यहि बाटोमा नजाने अठोट लिइसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्