नाजिरको लागि स्वस्तिमा विश्वकै राम्री केटी



लकडाउन खुकुलो भएसँगै कलाकारहरु विभिन्न विज्ञापन म्यूजिक भिडियोमा व्यस्त हुन थालेका छन् । पल शाह, नाजिर हुसेन, स्वस्तिमा खड्का, रियाशा दाहाल लगायतका कलाकारहरु म्यूजिक भिडियोमा धमाधम व्यस्त हुन थालेका छन् ।

यसैबिच केहीदिनमै बजारमा नाजिर, स्वस्तिमा र रियाशाको नयाँ गीत रिलिज हुदैँछ । गीतमा नाजिर रियाशाको पति र स्वस्तिमाको भेनाको रुपमा देखिदैँ छ । यसैबिच नाजिरले आफ्नो इन्ष्टाग्रामको स्टोरीमा स्वस्तिमासँगको एक भिडियो अपलोड गरेका छन् ।

उनले भिडियोमा स्वस्तिमालाई विश्वकै राम्री केटी भएको बताएका छन् । नाजिर र स्वस्तिमा एकअर्काका निकै नै मिल्ने साथी हुन् । पहिलो पटक यी दुईले होस्टेल रिटन्र्स मा एकसाथ काम गरेका थिए । होस्टेल रिटन्र्स पछि यी दुई पहिलो पटक म्यूजिक भिडियोमा एकसाथ देखिन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्