ज्याकलिनको जन्मदिनमा ‘किक २’ को घोषणा, ज्याकलिन र सलमान मुख्य भूमिकामा



हिजोमात्र बलिउड नायिका ज्याकलिन फर्नान्डेजले आफ्नो ३५ औँ जन्मदिन मनाइन् । उनको जन्मदिनको उपहारको रुपमा उनले चलचित्र किक २ पाएकी छिन् ।

हिजोमात्र साजिद नाडियावाडले चलचित्र किक २ को घोषणा गरेका छन् । किक २ मा सलमान खान र ज्याकलिन फर्नान्डेजको मुख्य भूमिका रहनेछ । चलचित्रको कथा साजिदले फाइनल गरिसकेका छन् ।

चलचित्रको छायांकन छिट्टै नै सुरु हुने भारतीय मिडियाले बताएको छ । यसअघि ज्याकलिन र सलमानको किक ले पनि बलिउडम धमाकेदार व्यापार गर्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्