बलिउड अभिनेता सञ्जय दत्तलाई तेस्रो स्टेजको क्यान्सर



बलिउड अभिनेता सञ्जय दत्तको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई केहीदिन अघि मुम्बईस्थित लिलावती अस्पतालमा भर्ना गरिएको थियो । उनलाई आइसीयूमा भर्ना गरिएको छ ।

सञ्जयको मेडिकल रिपोर्ट हिजोमात्र आयो । रिपोर्टमा उनको फोक्सोमा क्यान्सर भएको देखिएको छ । उनको क्यान्सर तेस्रो चरणमा पुगिसकेको छ । अब केहीदिन भित्र नै सञ्जय उपचारका लागि अमेरिका उड्दैछन् ।

फोक्सोमा क्यान्सर भएको थाहा पाएपछि सञ्जय दत्त केही डराएका छन् । उनले आफ्ना फ्यानलाई नआत्तिन आग्रह गरेका छन् । साथै उनले केहीसमयको लागि फिल्मबाट आफूले अब ब्रेक लिने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्